काठमाडौं, बैशाख १३ । बैशाख १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले वैशाख १५ बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
आइतबार बसेको कांग्रेस पदाधिकारीको बैठकले आज (बैशाख १३ गते सोमबार) का लागि डाकेको बैठक दुई दिन पछाडि सारेको थियो। कांग्रस पदाधिकारी तथा सदस्यहरूको पीसीआर परीक्षण गर्नुपर्ने भन्दै आजको स्थगित गरिएको थियो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने भएकाले पदाधिकारी, केन्द्रीय सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गगरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments


























