काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि समूहलाई गुटगत भागबण्डा नदिने बताएका छन्। बिहीबार बिहान पार्टी कार्यालय शिलान्यास गर्दै यस्तो बताएका हुन्। उनले पार्टीमा आउनेलाई व्यक्तिगतरुपमा जिम्मेवारी दिने बताएका छन्।
“अहिले पनि सम्झाउने काम जारी छ। तर पार्टीमा अब अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ। अराजकतासँग सम्झौता गर्न सक्दैनौँ,” उनले भने, “व्यक्तिगत तवरमा सम्झाउने र जिम्मेवार दिन्छु, गुटको भागबण्डा अब हुँदैन। त्यस्तो भयो भने पार्टी भित्रभित्रै खोक्रो हुन्छ। गल्ती महसुस गरेर पार्टीमा आएर काम गर्न चाहन्छ भने दिन्छौँ। गुटको प्रतिनिधित्व गर्न खोजे त्यो मान्य हुँदैन।”
Facebook Comments


























