रौतहट, बैशाख ९ । हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान रौतहटमा एक जना युवकको मृत्यु भएको छ। चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए।
महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए। आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए।
Facebook Comments

























