काठमाडौं, बैशाख ८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक लिखित जानकारी दिने जिम्मा प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादीले सरकारलाई समर्थन नभएको बताउँदै आए पनि समर्थन फिर्ताको निर्णय भने लिएको छैन।
Facebook Comments


























