काठमाडौं, बैशाख ८ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन, सरकारलाई दिइएको समर्थन फिर्ता तथा गठबन्धन सरकार बनाउन भइरहेको प्रयासको विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
मंगलबारको बैठकमा अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी दिएका थिए। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनका लागि समझदारी कायम गर्ने प्रयास जारी छ।
Facebook Comments


























