बैशाख ८ । बुधबार सुनको मूल्य एकैदिन १३ सयले बढेर तोलाकै ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन ९० हजार ७ सयमा कारोबार भएको थियो।
चार दिनदेखि १३ सय रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कायम छ।
Facebook Comments


























