काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका ३२ जनालाई स्पष्टीकरण सोधेपछि सांसदहरु छलफलमा जुटेका छन्। ओलीले आज मंगलबार केन्द्रका २७ सांसद र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका थिए । वरिष्ठ नेता नेपालसहितका सांसदहरु बानेश्वरको एक होटलमा छलफलमा जुटेका छन्।
ओलीले किन कारबाही नगर्ने भन्दै नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्।
त्यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ। चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन गर्ने तयारी ओलीको छ।


























