बैशाख ४ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज मुम्बई इन्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ। चेन्नईमा हुने मुम्बई र हैदरावादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
साविक विजेता समेत रहेको मुम्बई दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा बैंगलोरसँग पराजित मुम्बईले दोस्रो खेलमा कोलकत्तालाई हराएको थियो।
मुम्बईले २ खेलमा २ अंक जोडेको छ। मुम्बई तेस्रो स्थानमा रहेको छ। हैदरावाद भने पहिलो जितको खोजीमा हुने छन्। हैदरावादले अघिल्ला दुई खेल नै गुमाएको थियो।
हैदरावाद २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ। दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा मुम्बई हाबी हुँदै आएको छ। पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ। अघिल्लो संस्करणको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए। एजेन्सी


























