बैशाख ४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका बलर एनरिच नोर्किया कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण भएको एक साताको क्वारेन्टिनपछि तीव्र गतिका बलर नोर्किया कोरोना मुक्त भएका हुन्।
आईपीएलका लागि दक्षिण अफ्रिकाबाट भारत आएर गरिएको परिक्षणमा नोर्कियालाई कोरोना पोजेटिभ देखिएको थियो। दिल्लीले सामाजिक सञ्जालमार्फत नोर्किया कोरोना मुक्त भएको जानकारी दिएको छ।
कोरोनाबाट मुक्त भएसँगै नोर्कियाले आइतबार हुने पन्जाब किङ्ग्सविरुद्धको खेल खेल्नेछन्। आईपीएल इतिहासकै सर्वाधिक तीव्र गतिका बलर गत अप्रिल ६ मा भारत आईपुगेका थिए। एजेन्सी
Facebook Comments


























