काठमाडौं, बैशाख ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई नेपाली काँग्रेसले विश्वासको मत दिने भएको छ। कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने जानकारी दिएका हुन्।
जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा ६ सदस्यीय काँग्रेस संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मत दिने बताएका हुन्। प्रदेशसभा बैठकमा बोल्दै उनले भने, ‘हामी पक्षमा मत हाल्छौं। ६ जनाले ६ मत टकरकै हाल्छु।’
Facebook Comments


























