चितवन, बैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ६२१ र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ।
यसैगरी २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयले जानकारी दिएको छ।


























