बैशाख १ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैछ। चेन्नईमा हुने हैदरावाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। एमए चिदंबरम स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदरावाद पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा बैंगलोरले मुम्बई इण्डियन्सलाई २ विकेटले हराएको थियो।
दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा हैदरावाद बलियो देखिएको छ। पछिल्लो पाँच खेलमा हैदरावादले ३ र बैंगलोरले २ खेल जितेको छ। अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल हैदरावादले जितेको थियो। एजेन्सी


























