काठमाडौं, बैशाख १ । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज विश्वको १ सय ४१ देशबाट लाईभ हेर्न सकिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने जनाएको छ।
नेपालमा हिमालयन टेलिभिजन र ओआरएसबाट लाईभ हेर्न सकिन्छ। टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन्।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ।
यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल बैशाख ११ गते हुनेछ।


























