काठमाडौं, चैत्र २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बीमा हटाउनुपर्ने बताएका छन्। उनले मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी वितरणको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्।
‘परीक्षण र उपचार निःशुल्क गरिरहेका छौं। अब बीमा गरिरहनुपर्दैन’ उनले भने ‘त्यसैले अब सच्याउनुपर्छ। अब कोभिडको निःशुल्क उपचारसँगै बीमा गरिरहनु आवश्यकता छैन।’
कोभिडसँग लडिरहेको समयमा सरकारले विकासका कामलाई तिव्रता दिएको बताए। ‘यो परियोजना पनि कोभिडसँग संघर्ष गरिरहेकै समयमा सम्पन्न भएको छ’ उनले भने।
Facebook Comments
























