चैत्र २० । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ। राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘लोड एम सुट। ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ।’
फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ। फिल्मको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ।
फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ। यसमा थिएटर, इलेक्ट्रनिक, सेटेलाइट, डिजिटलसँगै अब्रोड मार्केटको पनि राइट्स सामेल छ।
Facebook Comments


























