चैत्र ७ । लोकप्रिय गायक सुगम पोखरेल एउटा नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत स्रोतामाझ आएका हुन्।
अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन्। यो गीतलाई लोकप्रिय संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन्। संगीतकार सिंहको संगीत सिर्जनामा पनि नयाँपन सुन्न पाइएको छ। रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन्। गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ।
गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन्। नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ।
गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन्। यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ।


























