काठमाडौं, चैत्र ७ । पश्चिमी वायुको प्रभावका कारण शनिवार देशभरको मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा अंशिकदेखि सामान्य बदली रहने छ।
महाशाखाले प्रदेश २ का एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान गरेको छ। ुदेशभर आंशिक देखी सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङसहित वर्षाको सम्भावना रहेको छ,’ शनिवार दिउँसोको मौसमबारे महाशाखाले जनाएको छ।
राती मौसम सफा रहे पनि प्रदेश १ मा भने वर्षाको सम्भावना रहेको जनाएको छ। ‘प्रदेश नं १ को पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छु महाशालाले उल्लेख गरेको छ।


























