चैत्र ७ । भारत भ्रमणमा रहेको इंग्ल्यान्ड क्रिकेट टोली र भारतबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आज हुँदै छ। श्रृंखला २-२ को बराबरीमा आएपछि यस खेलले निर्णायक खेलको रुप लिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुने छ। भारतको कप्तानी विराट कोहली तथा इंग्ल्यान्डको कप्तानी इयान मोर्गानले गरिरहेका छन्।
यसअघि भएका खेलअन्तर्गत पहिलो र तेस्रो टी-२० मा इंग्ल्यान्ड विजयी भएको थियो भने दोस्रो र चौथो टी-२० मा भारतले जीत निकालेको थियो। टी-२० विश्व वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ। यी दुई टोलीबीच तीन खेलको एकदिवसीय श्रृंखला पनि हुनेछ।
Facebook Comments


























