काठमाडौं, चैत्र १ । नेकपा एमालेका नेता बामदेव गौतम ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ कै नाममा एमालेलाई एकता गर्ने अभियानमा जुटेका छन्।
सर्वोच्च अदालतले नेकपा एमाले व्यूँताएपछि एमालेमै फर्किएको जनाएका गौतम शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट छन्।
गौतमले शनिबार ‘राष्ट्रिय एकता अभियान’ को आकस्मिक बैठक राख्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्।
Facebook Comments


























