काठमाडौं, फागुन २८ । जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा संसदीय दलको विधान पारित गर्नेबारे छलफल हुँदैछ।
संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बताइएको छ। बैठकमा संसदीय दलको नेताबारे निर्णय हुन सक्ने जसपाका नेताले बताएका छन्। बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो लगायत सहभागी छन्।
Facebook Comments


























