चितवन, फागुन २८ । समृद्धि फाइनान्स कम्पनीले चितवनमा आफ्नो पाँचौ शाखाको विस्तार गरेको छ। नारायणगढको मिलन रोड रहेको उक्त शाखाको उद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदी, सञ्चालक दिपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले गरे।
यसअघि कम्पनीले फाल्गुण १२ गते पोखराको चिप्लेढुङ्गामा चौथो शाखाको उद्घाटन गरेको थियो। आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ।
Facebook Comments


























