काठमाडौं, फागुन २८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ। एमालेका उपाध्यक्ष भीम रावलका अनुसार बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको हो। उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो।
सर्वोच्चको आदेशअनुसार एमाले पुनस्स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको रावलले जानकारी दिए। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएको थियो। त्यसयता नेकपा एमालेको औपचारिक बैठक बस्न सकेको छैन।
Facebook Comments


























