इनरुवा, फागुन २८ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट बिहीवार एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ।
वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताए। पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























