फागुन २८ । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे। ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काए।
खेलको ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। खेलको ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। ८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए।
यस जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ। आर्सनलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ। दोस्रो लेग खेल मार्च १८ मा हुनेछ। एजेन्सी


























