काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले गरेको फैसला अनुसारको पत्र आज निर्वाचन आयोगले माओवादी केन्द्र र एमाले दुवैलाई दिने भएको छ। गत आइतबार सर्वोच्च अदालतले २०७५ जेठ तीन गते दुई पार्टीले गरेको एकतालाई बदर गरिदिएको थियो।
नेपाल कम्युनिस्ट नामको पार्टी ऋषि कट्टेलको भएको भन्दै एमाले र माओवादी पार्टी पहिलेकै अवस्थामा रहेको फैसला सर्वोच्च अदालतले गरेको थियो।
आइतबार नै सर्वोच्चको पत्र आएर दर्ता भइसकेको जानकारी निर्वाचन आयोगले गरेको थियो। सोमबार नारी दिवसका कारण सार्वजनिक विदा परेकाले मंगलबार निर्वाचन आयोगले दुवै दललाई पत्र पठाएर औपचारिक जानकारी दिन लागेको हो।
Facebook Comments


























