काठमाडौँ, फागुन २३ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठक सुरु हुनासाथ नेकपाको दाहाल-नेपाल समूहका सांसदहरुले उठेर विरोध गरेका छन्।
सांसदहरु उठेर विरोध गरेपछि सभामुखले दिएको समयमा बोल्दै सांसद भीम रावलले अदालतको फैसलापछि प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरे।
उनले भने,‘अदालतबाट आएको फैसलापछि निर्वाचन आयोगले गरेको फैसला सर्वोच्चले पार्टी निर्माण गर्ने रे, यो कानूनी फैसला हो कि राजनीतिक फैसला हो ? म प्रश्न गर्न चाहन्छु। नेपाल कम्युनिष्ट पार्टी होइन भने प्रधानमन्त्रीले कुन पार्टीको भन्नुपर्यो। प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ। ती अध्यादेशले कुन आधारमा प्रतिनिधिसभामा प्रवेश पाउँछन्।’
सांसद भिम रावलले भने,‘संविधानमाथि जसरी प्रहार गरिएको थियो । सर्वोच्च अदालतबाट प्रधानमन्त्रीबाट गरिएको संसद विघटन लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने कति उचित हो ? अध्यादेशबाट शासन सञ्चालन गर्ने संविधानको धारा ७६ र ८५ को आजमात्रै अदालतबाट फैसला आएको छ, यसबाट सरकार कस्तो हो भन्ने प्रश्न उठेको छ। यो विषयको जानकारी सभामुखलाई हुनुपर्छ। प्रतिनिधिसभा जसले हत्या गर्यो उहाँको अहिलेको अबस्था के हो ? ’


























