काठमाडौं, फागुन २१ । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन्।
नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ। यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ। शुक्रबारै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









