एजेन्सी, जेष्ठ १८ । क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन्। फोब्सले सार्वजनीक गरेको सुचि अनुसार पोर्चुगलका खेलाडी रोनाल्डोले सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन्।
आम्दानीको हिसाबले उनले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्न सफल रहे। टेनिस खेलाडी रोजर फेडेरर सर्वाधिक कमाई गर्ने खेलाडी बन्दा युरोपेली क्लब फुटबलका ठुला स्टार रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा रहे।
रोनाल्डोको आम्दानी ८५ मिलियन पाउण्ड देखिएको छ। मेस्सीले ८४ मिलियन पाउण्ड आम्दानी गरेका छन्। मेस्सीलाई १ मिलियन पाउण्डले पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।
यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार सर्वाधिक कमाई गर्ने तेस्रो फुटबलर बने। उनले आम्दानी ७७ मिलियन पाउण्ड देखिएको छ।
मेस्सी र रोनाल्डोको बार्षिक आम्दानीमा ठुलो रकमले गिरावट आएको छ। गत बर्षभन्दा उनीहरुको आम्दानी ९ प्रतिशत घटेको देखिएको छ। कोरोना महामारीका कारण दुवै फुटबलरको तलब कटौती भएको थियो।
युभेन्ट्सका सुपरस्टार रोनाल्डोको फेसबुक र ईन्स्टाग्राममा धेरै प्रशंसक रहेका छन्। उनले ठुलो रकम प्रायोजनबाट समेत प्राप्त गर्दै आएका छन्।
गत बर्षको वालेन डी ओरमा रोनाल्डोलाई पछाडी पारेका मेस्सीले हप्तामा करिब २ मिलियन आम्दानी गर्दै भएका छन्। सोही कारण फेब्सको सुचिमा समेत उनी तेस्रो नम्बरमा अटाएका हुन्। एजेन्सी

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








