काठमाडौं, फागुन २१ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। स्थानिय बजारमा शुक्रवार सुनको भाउ रू.९०० ले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू.८५ हजार ६०० मा कारोबार भएको छ। बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू। ८६ हजार ५०० मा कारोबार भएको थियो। बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू.९०० ले घटेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.८५ हजार १५० मा कारोबार भएको छ। बिहीवार तेजाबी सुन प्रतितोला रू.८६ हजार ५० मा कारोबार भएको थियो।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीवार प्रतितोला रू। एक हजार २८५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू. एक हजार २५० खरीदविक्री भइरहेको छ। बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३५ ले घटेको हो।


























