काठमाडौं, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया जनाएका छन्।
बिहीवार बिहान सरकार र विप्लवबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले सकारात्मक प्रतिक्रिया जनाएका हुन्। अध्यक्ष थापाले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको जनाए।
उनले लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ।’
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










