हेटौंडा, फागुन २० । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता ५ वर्षको अवधिमा निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।
पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये ५ हजार १०९ परिवारले तेस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेका छन्।
नगरपालिकामा भूकम्पबाट ७ हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरूमध्ये ६ हजार ५७१ जनाले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए। १२ वटा वडा रहेको नगरपालिकामा वडा नम्बर ८ मा सबैभन्दा बढी निजी आवास पुनर्निर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए।
सो वडामा ९२ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ। सबैभन्दा कम मात्रामा निजी आवास पुनर्निर्माणको काम वडा नम्बर ४ मा भएको देखिएको छ। सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन्। उनीहरूका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ मकवानपुरले जनाएको छ। रासस















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










