फागुन २० । सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन चैत्र ६ गतेदेखि प्रसारण हुने भएको छ। शो साताको दुई दिन शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
‘द भ्वाइस अफ नेपाल’को यो सिजनमा अघिल्लो सिजनकी कोच आस्था राउत देखिने छैनन्। आस्थाको ठाउँमा गायिका तृष्णा गुरुङ देखिने छन्। पहिलो सिजनकी कोच अभया सुब्बालाई पनि दोस्रो सिजनबाट आउट गरिएको थियो।
तृष्णाबाहेक अन्य कोचहरु दोस्रो सिजनकै देखिने छन्। गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा अन्य ३ जना कोचको रुपमा अघिल्लो सिजनबाट थिए। राजु लामाले यो शो मा दोस्रो सिजनबाट प्रवेश गरेका हुन्। राजुको ठाउँमा पहिलो सिजनमा गायक सनुप पौडेल थिए।
Facebook Comments


























