चितवन, फागुन १९ । नेकपा (ओली समूह) निकट युवाहरुको चितवन जिल्ला कमिटी घोषणा भएको छ। आज भरतपुर १२ मा रहेको स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रम मार्फत शुसिल केसीको संयोजकत्वमा ५०१ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो।
यस्तै युवासंघको सह–संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रिन, शिला बस्नेत, युगदर्शन चापागाँई र प्रकाश श्रेष्ठ चयन भएका छन्। भरतपुर महानगरपालिकाको संयोजकमा सुविन न्यौपाने,सह–संयोजकमा राम कार्की चयन भएका छन्।
जिल्लाका अन्य पालिकाहरुको संयोजक,सहसंयोजक र कमिटीहरु पनि गठन गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सचिव प्रताप डल्लाकोटीले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टीका युवा नेता महेश बस्नेतले युवा संघका जिल्ला कमिटीमा मनोनित भएकाहरुलाई सपथ गराएका छन्।
Facebook Comments


























