बेइजिङ, ०२ जेठ। ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपालले नेपालको ६० हजार वर्गकिलोमिटर जमिन भारतले उपनिवेश बनाएको दावी गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा ‘कन्फरेन्स अन डायलग अफ एशियन सिभिलाइजेशन’ नामक एशियाली सम्मेलनमा सम्बोधन गर्दै नेपालले भने, ‘भारतले नेपालको ६० हजार वर्गकिलोमिटर जमिन उपनिवेश बनाएको छ। त्यो फिर्ता हुनुपर्छ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा बुधबार बेइजिङमा उद्घाटन गरेको कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन गर्दै अभियान्ता नेपालले थपे, ‘भारतले बनाएको उपनिवेशलाई अन्त्य नभएसम्म एशियामा राजनीति सम्भव हुँदैन ।’ नेपालले भारत वेलायती उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएदेखि नै नेपालको जमिनमा उपनिवेश कायम गरेको बताए।
‘भारतले नेपालको ६० हजार वर्गकिलोमिटर जमिन उपनिवेश बनाएको छ। त्यो फिर्ता हुनुपर्छ।’
उनले भने, ‘चीनले आफ्नो सार्वभौमताको रक्षाको लागि यद्ध लडेको र उपनिवेशविश्रद्ध शान्तिपूर्ण रुपमा हङकङ र मकाउ फिर्ता लिएको थियो।

त्यसैले नेपालको पनि अनिनस्थ जमिन फिर्ता हुनुपर्छ भन्ने मेरो भनाइ हो।’ नेपालले शान्तिपूर्ण रुपमा जमिन फिर्ताको माग असामाजिक नभएको उनले बताए। राष्ट्रको सार्वभौमिकताको प्रतिकुल हुने हस्तक्षेप विरुद्ध साहसिक हुनुपर्ने उनको भनाइ छ। शुक्रबारसम्म चल्ने सम्मेलनमा विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी छन्।