काठमाडौं, फागुन १९ । भोलि (बिहिबार) देशभरका सबै अदालत बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा मनाइने भएको छ।
९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो। सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए।