काठमाडौं, फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षको सचिवालय बैठक जारी छ। सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अगाडि बैठक शुरु भएको हो।
प्रतिनिधि सभा बैठकको मिति नजिकिएसँगै अव पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ। गएको मंगलबार सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलउने गरी प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेको थियो। सोही फैसला अनुरुप सरकारले यही २३ फागुनमा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
प्रतिनिधि सभा बैठकमा साथ पाउन नेकपा दाहाल–नेपाल पक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीसँग पनि छलफललाई तिब्रता दिइरहेको छ।
Facebook Comments


























