कोलम्बो, जेष्ठ ९ । श्रीलंकाको राजधानी कोलम्बोमा रुपैयाँ बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ। घटनामा कम्तीमा आठ जना घाइते भएका छन्।
एक व्यापारी आफ्नो गोदाममा कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई रुपैयाँ बाँडिरहेका थिए। त्यस क्रममा त्यहाँ सयौँ मानिसहरु जम्मा भएका थिए।
ती व्यापारीले आफ्नो योजनाबारे प्रशासनलाई कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ। उनलाई रुपैयाँ बाँड्ने कार्यक्रमका लागि कुनै अनुमति नदिइएको प्रहरी दाबी छ। रुपैयाँ बाँड्ने घटनासँग जोडिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
श्रीलंकामा कोरोना भाइरस संक्रमितको संख्या १०५५ छ भने ९ जनाको मृत्यु भएको छ।
Facebook Comments


























