काठमाडौं, फागुन १४ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिस्कघात भएको छ। जोशीलाई बिहीवार राति स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनलाई वीर अस्पतालमा लगिएको उनको परिवारले जनाएको छ।
‘राति १२ बजे समस्या देखिएपछि वीरमा लग्यौं, अहिले नर्भिकमा ल्याएका छौं, ब्रेन ह्यामरेज भएको रहेछ,’ जोशीका दाजु एवं काँग्रेस नेता राजुराज जोशीले बताए। अहिले नवीन्द्रराजको अवस्था स्थिर रहेको उनले बताए। ‘डाक्टरले अवस्था स्टेबल छ भनेका छन्,’ राजुराजले भने।
Facebook Comments


























