फागुन १४ । फ्रान्सेली प्रशिक्षक थिएरी हेनरीले अमेरिकाको मेजर लिग सकर क्लब सीएफ मोन्टरियलको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। आर्सनलका पूर्व स्ट्राइकर समेत रहेका हेनरीले व्यक्तिगत कारण देखाएर मुख्य प्रशिक्षक पद छाडेका हुन्।
४३ वर्षीय हेनरीले परिवारलाई समय दिन मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन्। यस अघि हेनरीले फ्रेन्च लिग वन क्लब मोनाकोको मुख्य प्रशिक्षक रहेका थिए। सन् २०१८/१९ को सिजन मोनाको हेरेका उनि ३ महिनामै बर्खास्तमा परेका थिए। एजेन्सी
Facebook Comments


























