चितवन, फागुन १२ । सर्बोच्च अदालतले गरेको ऐतिहासिक निर्णयको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति चितवनले स्वागत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफिारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले पुष ५ गते गरेको प्रतिगामी कदमको विरोध गर्दै निरन्तर आन्दोलन र विरोधका कार्यक्रम गर्दै आएको जसपाले सर्वोच्चको फैसलाको स्वागत गरेको हो। लगातार जसपा चितवनले आन्दोलन गर्दै आएको छ तर तिका टिपनि गर्दै आएको हुदा प्रतीपक्छी पार्टी कांग्रेसले आन्दोलनलाई साथ नदिदा पनि जसपाको आन्दोलनले सत्यको जित भयो। अन्ततःसत्यको जित भएको उल्लेख गर्दै देशमा अँझै पनि न्याय नमरेको जसपा चितवनका सह इन्चार्ज अजय निरालाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।
साथै विज्ञप्तीमार्फत जसपा चितवनले केन्द्रिय कमिटिको निर्देशनअनुरा गरेका विभिन्न विरोध तथा आन्दोलनका कार्यक्रमहरुमा सक्रियतापुर्वक सहभागि भएको भन्दै जिल्लादेखी वडासम्मका नेता तथा कार्यकर्तालाई धन्यवाद भनिएको छ।
सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ। मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ। सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु।


























