काठमाडौं, फागुन ७ । प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा एमीकस क्युरीको बहस आज सकिँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो।
आज वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सुझावस्वरूप बहस गर्नेछिन्। यसअघि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरिसकेका छन्।
गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। सुनुवाइमा रिट निवेदक, सरकारी तर्फबाट, एमीकस क्युरीले सुझावस्वरूप बहस गरेका छन्।
Facebook Comments


























