काठमाडौं, फागुन ६ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन्।
लिगको अन्तिम खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन्। वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ। वालिङ चन्द्रपुरलाई हराएर लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ। चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ। लिगको उपाधि भने एपीएफले जितिसकेको छ।
Facebook Comments


























