फागुन ६ । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन्। मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन्।
तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिन। सात पटकको च्याम्पियन सेरेनाविरुद्ध ओसाकालाई जित निकाल्न कठिन भएन। अब ओसाकाले फाइनलमा कारोलिना मुचोभा र जेनिफर ब्राडीबीचको विजेतासँग खेल्ने छिन्।
ओसाका दोस्रो पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेकी छिन्। यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन्। यता, सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पुनःअसफल भएको छ।
सेरेनाले हालसम्म २३ ग्राण्डस्लाम उपाधि जितिसकेकी छिन्। अब एक ग्राण्डस्लाम उपाधि जितेका सेरेनाले मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने छिन्। एजेन्सी


























