फागुन ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे। घरेलु मैदानमा ३१ औं मिनेटमा जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३९ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।
जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ। चेल्सीले २४ खेलमा ४२ अंक जोडेको छ। न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ।प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेस्ट ह्यामले सेफिल्डलाई ३-० ले हराएको छ। एजेन्सी
Facebook Comments


























