काठमाडौं, फागुन ३ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन्।
पुलस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ। पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ। एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ। पुलिस उपाधि होडबाट बाहिरिसकेको छ।
अपराह्न हुने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाको खेलमा दुबै टोली अंक तालिकामा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन्। वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने विराटनगर १० खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ।
Facebook Comments


























