फागुन ३ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई वेस्ट ब्रुमले बराबरीमा रोकेको छ। उपाधि दाबेदार मानिएको युनाईटेड रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
वेस्ट ब्रुमको मैदानमा ब्रुनो फर्नान्डेसले ४४औँ मिनेटमा गोल गरेर युनाईटेड हार टारे। खेलको दोस्रो मिनेटमा एम्बाए डाएग्नेले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए। बराबरीपछि पनि युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ। युनाईटेडले २४ खेलमा ४६ अंक जोडेको छ। वेस्ट ब्रुम १३ अंकसहित १९औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























