पुष, २१ । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ। अधिकारीहरुले बताएका छन् कि आगो भने बन्द हुनेछैन् अझ उग्र हुनेछ।
साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ। पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन्।
उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन्। ‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन्।
डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन्। यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन्।
यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन्।
Facebook Comments