फागुन ३ । रियल मड्रिड ला लिगा फुटबलको दोस्र स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २(० गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे। खेलको १२औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको ४२औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २(० को जित दिलाए। दोस्रो स्थानमा उक्लिएको रियलको ४९ अंक भएको छ। भ्यालेन्सिया २४ अंक जोडेर १२औँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























