फागुन २ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सहज जित निकालेको छ। शनिबार भएको खेलमा लेष्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा लेष्टरले पुनरागमन जित निकालेको हो। लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए पनि जित सम्भव भएन। जितसंगै लेष्टर ४६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। पराजित लिभरपुल ४० अंकसहित लिगको चौथो स्थानमा छ।
Facebook Comments


























