फागुन २ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ। शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो।
एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ भने दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ। एट्लेटिकोलाई जिताउन मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल गरे। ग्रानाडाका लागि यान्जल हरेराले गोल गरे। पराजित ग्रानडा भने ३० अंकसहित आठौँ स्थानमा रहेको छ।
Facebook Comments


























